२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मस्र्याङ्दी नदीमा आएको बाढीले नासो गाउँपालिकाका भौतिक संरचनामा ठूलो क्षति

अ+ अ-

मनाङ । गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरुमा बाढीले ठूलो क्षति पुर्‍याएको हो । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरुपमा बाढीपहिराबाट क्षति भएका छन् ।

नासो गाउँपालिका–३ धारापानीमा बाढीले पुल र भवनहरू बगाएको छ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुङ्गे पुल, नासो गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटेल बगेका छन् । वडा नं १, ताल गाउँको बस्ती डुबानमा परेको छ ।

मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको बस्ती डुबानमा परेको नासो गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले बताएकी छन् । करीब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ गएको उपाध्यक्ष गुरुङले बताइन्। बाढीले विस्थापित धारापानीका स्थानीय बासिन्दा नजीकैको ओडार गाउँमा गएर बसेका छन् । यहाँ अहिले बिजुली र सञ्चार क्षेत्र अवरुद्ध छ भने खाद्यान्नको अभावसमेत भएको छ । गाउँपालिकामा बाढीपहिराले अहिलेसम्म के कति क्षति पुर्‍याएको छ भन्ने तथ्याङ्क सङ्कलन भइनसकेको अध्यक्ष घलेले बताएका छन् ।