१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ’ : सभामुख अर्याल

अ अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोल अनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

चितवन उद्योग संघमा आज आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उनले आफ्नो क्षेत्रबाट गर्न सक्ने महत्वपूर्ण काम उत्कृष्ट र समृद्ध कानुन निर्माण भएको बताए ।

उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । ज्ञापन पत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उनको भनाइ थियो ।

सभामुख अर्यालले प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै निजी क्षेत्रका समस्या सम्बन्धित समितिमा लिखित रूपमा प्रस्तुत गरी छलफल गर्न सुझाव दिए। ती समितिमा सरकार, प्रतिपक्ष, कर्मचारी र कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने भएकाले समस्या समाधानका लागि समितिमार्फत पहल गर्नु प्रभावकारी हुने उनले बताए ।

चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको उल्लेख गर्दै उनले एउटा मात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित नहुने बताए । प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च पदाधिकारीलाई ज्ञापन पत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमा विषयवस्तु प्रस्तुत गरेर नीतिगत सुधारका लागि पहल गर्न उनले आग्रह गरे ।

सभामुख अर्यालले राज्यबाट प्राप्त बजेटको सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । बजेट समयमै र गुणस्तरीय ढंगले खर्च गरी त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ थियो ।

उनले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण निर्माण हुनुपर्ने धारणा राखे । उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित हुने उल्लेख गर्दै उनले सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

राज्य हरेक नागरिकको साझा भएको उल्लेख गर्दै सभामुख अर्यालले प्रत्येक नागरिकले राज्य आफ्नो लागि पनि रहेको अनुभूति गर्न पाउनुपर्ने बताए । नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको संरक्षण गर्दै सबै नागरिकका लागि अनुकूल, भूगोल सुहाउँदो र नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधिमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

सभामुख अर्यालले जनताको स्थिर सरकारप्रतिको अपेक्षालाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई निराश नभई लगानी गर्न आग्रह गरे । अनुकूल ब्याजदर र लगानीको वातावरणको सदुपयोग गर्दै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरूले आफ्ना समस्या राखेका थिए ।  

0 Comments