९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

अ+ अ-

काठमाडौँ । कोरोना महामारी र यसको नियन्त्रणका लागि अपनाइएका गतिविधिका कारण नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन क्षेत्रलाई नागरिक लगानी कोषले सहयोग गर्ने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो ।

उक्त क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गरिने भएको छ ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

उक्त सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसबाट लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको भएको हो । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने भएको छ । सो सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस