११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुल्हो ननिभ्न मुसहरलाई राहत

अ+ अ-

महोत्तरी । कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका युवाले ‘चुल्हो ननिभ्न’ राहत पठाएका हुन् ।

वैदेशिक रोजगारमा रहेका जिल्लाका ८० युवाले पठाएको रु दुई लाखबाट महोत्तरी टाइगर समाज सेवा टिम गौशालाले मङ्गलबार ४३ परिवार मुसहरलाई खाद्यान्न र सरसफाइका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो ।

चामल–१५ किलो, दाल–२ किलो, आलु–५ किलो, खानेतेल–१ लिटर, नुन–१ किलो, तयारी खानेकुरा चिउरा–२ किलो र सरसफाइका लागि डिटोल साबुन–५ वटासहितको राहत सामग्रीको झोला ४३ परिवारले पाएका छन् ।

अहिले के खाउँ, भरे के खाउँला भन्ने चिन्ताले पिरोलिरहेका बेला यो सहयोगले पराले झुप्रामा आगो बाल्न पाइएको बस्तीकी इन्द्रा सादा मुसहरले बताए। असार पहिलो साताको झरीले पराले झुपा सबै चुहेर बिजोग खेपिरहेका बेला विदेशमै रहेर पनि आपूmहरूलाई सम्झनेलाई बस्तीका मुसहरले आशिष दिएका छन् ।

‘कोरोनाले हामी काममा निस्कन पाएका थिएनौँ, बालबच्चा भोकले रुँदै थिए’, बस्तीका रामस्वरूप सादाले भने, ‘हाम्रै घरआँगनमा वडा कार्यालय छ, कोही फर्केर सोध्न आएनन्, विदेशमा बस्नेले सम्झे, तिनको जय होस् ।’ अहिले अप्ठ्यारोमा त्राण बचे बिस्तारै काममा निस्कन सहज हुने मुसहरले विश्वास पालेका छन् ।

कृषि मजदुरी गर्ने मुसहर धन सञ्चित गर्ने वा भोलि के खाने चिन्ता लिँदैनन् भन्ने तराईमा आम बुझाइ छ । अहिले र बढीमा आज साँझसम्मको खाना जोहो गरेर मुसहरको जिन्दगी चलेको मल्हनियाँपोखरीकै श्रीराम सुवेदी बताउँछन् । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरका लागि तराईमा चलनचल्तीको आहान हो ।

संयुक्त अरब इमिरेट्स, कतार, कुवेतसहितका खाडी मुलुकमा कार्यरत जिल्लाकै ८० कामदारले आफ्नो छाक काटेर विपद्मा परेकालाई सहयोग गर्न रकम पठाइदिएका महोत्तरी टाइगर समाज सेवा टिम गौशालाका संयोजक धामी दिपेन्द्र महतोले बताए । प्राप्त रकमबाट जिल्लाका १०८ परिवारलाई प्रतिपरिवार रु दुई हजार बराबरको सामग्री नघट्ने गरी वितरण गर्न लागिएको महतोको भनाइ छ । अब ६५ परिवार गौशालाकै छिमेकका अन्य स्थानीयतहका बस्तीबाट छानेर राहत दिइने महतोले बताए। वैदेशिक रोजगारीमा रहेका सहयोगीले चुल्हो निभ्नै लागेकालाई पहिचान गरेर ‘चुल्हो ननिभ्ने’ अभियानका रूपमा सहयोग परिचालन गराइदिन अपिल गरेका टाइगर समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस