२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गाउँमै रोजगार गर्वको आधार’ कार्यक्रमले उद्यमी सिर्जना गर्दै

अ+ अ-

ताप्लेजुङ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहेका छन् । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किएका भोटेलाई पुनः विदेश जाने रहर छैन ।

विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उनले बताए । ‘कोभिडका कारण अवधि नसकिदै घर फर्किनु पर्यो, फेरी विदेश गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा केही गरौँ भनेर व्यावसायिक रुपमा भेडा पाल्ने तयारीमा जुटेको छु’, उनले भने । सुकुलाई भेडापालनका लागि गाउँपालिकाले दिएको अनुदानले धेरै सहयोग पुगेको छ ।

भेडापालनलाई गाउँपालिकाले २ लाख ५० हजार अनुदान दिएको छ । गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम तर्जुमा गरी गाउँपालिकाले यहाँका ८ वटै वडामा बजेट विनियोजन गरी सञ्चालन गरेको उक्त कार्यक्रमबाट सुकुले अनुदान लिएका हुन् । यो कार्यक्रम चालु आर्थिक वर्षबाट शुरु भएको हो । अनुदान लिएसँगै भेडापालन व्यवसायका लागि तयारीमा जुटेको उनले बताए।

तयारी स्वरुप अहिले ३५ वटा भेडा जम्मा गरी सकिएको उनको भनाइ छ । विदेशमा बसेर कमाइ गर्ने सोच हुँदा हुँदै कोभिडका कारण चाँडै घर फर्किएका भोटेलाई केही समय के गर्ने, कस्तो व्यवसाय चलाउने भन्ने विषयले निक्कै चिन्ता थियो । के काम गर्ने, कसरी घर खर्च जुटाउने जस्ता कुराले पिरलोमा परेका सुकुलाई व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले दिएको अनुदानले भेडापालक तथा व्यवसायी बन्ने बाटो खुलाएको छ।

गाउँपालिकाले उद्यमशिलताको माध्ययमबाट रोजगारी सिर्जना गर्ने ध्येयले गाउँमै रोजगार, गर्वको आधार भन्ने नारासहित कार्यक्रम सञ्चालन गरेको थियो । यस कार्यक्रमबाट ८ वटै वडाका सर्वसाधरण लाभान्वित भएका छन् । हरेक वडामा ५ लाख रुपैँयाका दरले बजेट विनियोजन भएको थियो ।

कूल लागतको ५० प्रतिशत भने उद्योगी तथा व्यवसायीले नै बेहोर्ने गरी समूहमार्फत अनुदान प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए। घिमिरेका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा माछापालन, फर्निचर उद्योग, मुढा उत्पादन गर्ने, बङ्गुरपालन, बाख्रापालन, कालिजपालन जस्ता उद्योग व्यवसाय सञ्चालन भएका छन् । यस कार्यक्रमले गाउँका बेरोजगार युवालाई राहत पुगेको छ । यस्तै पुर्खौदेखि विभिन्न पेशा व्यवसाय सम्हाल्दै आएका सर्वसाधरणलाई समेत व्यवसाय प्रर्वद्धनमा सहयोग पुगेको छ । शुक्रबार मात्रै तेल्लोकको एक समूहका ४ वृद्धलाई ४० हजारका दरले १ लाख ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराइएको छ । डोको, ढाकी, घुम, बिनायो, खरेटो जस्ता चोयाजन्य उत्पादनको प्रर्वद्धनका लागि अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

यसरी गाउँमै रोजगार, गर्वको आधार कार्यक्रममा युवाहरुको मात्रै नभइ सामान्य सीप भएका वृद्धहरुसमेत सहभागी भएका छन् । कोरोनाका कारणले अन्य रोजगारका काममा सहभागी हुन नपाएका गाउँका युवा लगायतलाई यो कार्यक्रमले सहयोग पुगेको छ । सीप सिकेर घरैमा बसी बसी अनुदान सहयोगमा उद्योग व्यवसाय सञ्चालन गरी आमदानी लिन पाउँदा यहाँका सर्वसाधारण खुसी छन् । सङ्क्रमणले घर बाहिरका कतिपय काम गर्न नपाउँदा समस्यामा परेका बेला गाउँपालिकाको उक्त कार्यक्रमले सहयोग पुगेको उनीहरुले बताए । यस्तै सङ्क्रमणका बेला घर व्यवहार चलाउन समेत व्यवसायले सहयोग पुगेको उनीहरुको भनाइ छ ।