२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिराकीलाई साइकल र हातेमाइक

अ+ अ-

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नं. १ ले चिराकीलाई साइकल र हातेमाइक वितरण गरेको छ । लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएका उनीहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको हो । चिराकीले समुदायका सबैजसो सूचना पुरयाउने, गाउँमा केही शुभ/अशुभ घटना भएमा सूचना दिने कार्य गर्दछन् ।

‘चिराकीले गाउँको विकास निर्माणमा होस् या सामाजिक कामकाज, हरेक गतिविधिबारे गाउँमा सूचना सम्प्रेषण गर्दै आइरहेका छन्’, वडाध्यक्ष धनीराम चौधरीले भने,‘समाजमा दिनुपर्ने सूचना प्रवाह सहज होस् भनेर सामग्री वितरण गरेका हौँ ।’

वडाका ६ चिराकीले सामान पाएपछि माइकको सहायताले सूचना दिन सहज हुने बताउँछन् । समुदायमा सामाजिक काम गर्दै आएका चिराकीले खासै तलब पाउँदैनन् । कतिपय ठाउँमा निःशुल्क काम गर्छन् भने कतिपय गाउँमा बडघरको नेतृत्वमा चिराकीको तलब तोकिएको हुन्छ । समाजसेवी लालवीर चौधरीकाअनुसार लामो समयदेखि थारु समुदायमा प्रचलनका रुपमा रहेका चिराकी बडघरका सहयोगीकारुपमा काम गर्छन् ।

‘चिराकीले बडघरले खटाएको काम गर्छन्, उनीहरु रातदिन नभनी समुदायको हीतमा खटेका हुन्छन्’,
समाजसेवी लालविर भन्छन्, ‘तलब तोकेका गाउँमा पनि चिराकीको तलब कम हुन्छ । गाउँकै मानिसले उठाएको अन्न वा रकम उनीहरुलाई तलब दिने हो । बडघर र चिराकीलाई तलब दिने अन्य स्रोत समुदायसँग केही हुँदैन । सामाजिक योगदान दिने मानिसलाई स्थानीय सरकारले प्रोत्साहन गर्नु राम्रो हो ।’

पछिल्लो समय बडघर तथा चिराकीले स्थानीय सरकारलाई पनि सघाउँदै आएका छन् । उनीहरुले बडघर तथा चिराकीलाई कानूनी मान्यता दिने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गर्दै आएका छन् । ‘लामो समयदेखि समुदायमा नेतृत्वदायी भूमिकामा निस्वार्थ सेवा गरिररहेका बडघरलाई कानूनी मान्यता दिन आवश्यक छ । उनीहरुले न्याय सम्पादनमा गरेको कार्यको मूल्याङ्कन समेत हुनुपर्छ’, बडघर चुन्कानु चौधरले भने, ‘सरकारले हाम्रो हीतमा काम गर्नुपर्छ ।’