९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेसिबीको बकेटले ठक्कर दिएर वडाध्यक्षको हत्या, दुई जना पक्राउ

अ+ अ-

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राति पोखरीको निरीक्षणमा पुगेको बेला जेसीबीले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार शुक्रवार साँझ वडाध्यक्ष लगायत पोखरीको सौन्दर्यीकरणको निरीक्षणमा निस्किएका थिए । उनीहरूले नजिकैको होटेलमा सँगै खाजा खाएका थिए । खाजा खाएर राति फर्किने समयमा जेसीबी चालक हर्क तामाङ र वडाध्यक्ष श्रेष्ठबीच विवाद सुरु भयो ।

विवादकै क्रममा जेसिबी चालक तामाङले जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसीबीको बकेटले ठक्कर दिएर लडाए र माटोले पुरिदिए । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानमा घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस