१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक साताभित्रै चीनबाट खोप आइपुग्ने

अ+ अ-

काठमाडौँ । नेपालमा एक साता भित्रै चिनियाँ खोप आइपुग्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) विरुद्धको चिनिया भेरोसेल खोप एक साता भित्रै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना रहेको छ । कूल ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको छ तर यसबारे सूचना सार्वजनिक गरेको छैन ।

ती खोप नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार ल्याउन लागिएको बताइएको छ । सरकारले तत्काल खोपको अभाव भइरहेको वेला चिनियाँ कम्पनीको सर्तमा खोपको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार खोप ल्याउन बाध्य भएको बताइएको छ ।

स्रोतका अनुसार यसअघि सरकारले खरिद गरेको कोभिसिल्ड खोपको दाँजोमा भेरोसेलको मूल्य दोब्बरभन्दा बढी परेको छ। पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको छ ।

यसअघि चीन सरकारले दुई पटकसम्म गरी १८ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

त्यसै गरी भारतबाट २० लाख मात्र कोभिसिल्ड खोप प्रतिमात्रा ४ डलरमा खरिद गरिएको छ । उक्त खोपको बाँकी मात्रा नेपालले अझै पाउन सेकेको छैन । सिरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ को अन्तसम्म दिन सकिने भन्दै आइरहेको छ ।

भेरोसेल खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (भेरोसेल) इनएक्टिभेटेड भ्याक्सिन’ हो ।

प्रतिक्रिया दिनुहोस