१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालअघिको सडक जीर्ण, ठेक्काको ६ वर्षमा पनि भएन काम

अ+ अ-

काठमाडौँ । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मुल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन्।

जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ। ६ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम अहिले पनि सुस्त छ।

अन्यत्र सडक बन्ने क्रम शुरु भएर केही भागमा कालोपत्र हुँदासमेत यस क्षेत्रका मात्र नभई छिमेकी नुवाकोट र सिन्धुपाल्चोकका मानिससमेत उपचार गर्न आउने मेडिकल कलेजअघिको सडक भने निर्माण हुन नसक्दा गम्भीर बिरामी बोकेका एम्बुलेन्स खाडलमा जाकिने गरेका छन्।

सडक जीर्ण भएकै कारण उपचारका लागि आउँदा दुःख भोग्नु परेको नुवाकोट शिवपुरी गाउँपालिकाका स्थानीयवासी सोमबहादुर तामाङले गुनासो गरे। अस्पतालअघिको भागमा ठूलाठूला खाडल छन्। वर्षा भएका बेला खाल्डामा पानी जमेर पोखरी बन्छ। हप्तौं सडकमा गुड्ने सवारीले पोखरीको पानी छचल्कँदा पैदलयात्री र सडक किनारका सटर भाडामा लिई व्यवसाय गर्ने मानिस प्रभावित हुने गरेका छन्। साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले दिनमै चारपटक कपडा फेर्नु परेको दुखेसो पोखेका छन्।

सडक किनारको सटर भाडामा लिई एक दशक अघिदेखि मासु पसल चलाउँदै आएका कृष्ण खड्गी विवाद भएर अस्पतालअघिको सडकको काम हुन नसकेको सुनाउँछन्। विवाद समाधानका लागि नगरपालिकालगायतका सरोकार भएका निकायले पहल नगर्दा सडकको काम अस्पतालअघि नै अलपत्र भएको स्थानीय व्यवसायीको बुझाइ छ। त्यसअघि भगवतीस्थानअघिको सडक कालोपत्र भइसक्दा पनि अस्पतालअघिको सडक भने दिनानु दिन जीर्ण बन्दै गएको छ।

जीर्ण सडकमा वर्षातमा बढ्दै गएको खाडलमा पानी जम्दा सवारी हिँड्दा पसलभित्र पानी छिरेर व्यापारमा प्रभाव परेको किनारको सटर भाडामा लिएर किराना पसल चलाउँदै आएकी दीपा श्रेष्ठको गुनासो छ। ठेक्काको ६ वर्ष बितिसक्दा पनि जोरपाटी–सुन्दरीजल सडकको सात किमीको काम सकिएको छैन।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना निर्माण व्यवसायीले काम नगर्दा अस्पतालअघिको सडक अलपत्र बनेको बताउँछन्। सङ्घीय सरकारले लगाएको ठेक्का स्थानीय सरकारले के गर्न सक्छ र भनी निर्माण व्यवसायीले धेरै काममा समन्वय गर्दासमेत हेपेकाले बिरामी तथा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको उनको भनाइ छ।

अन्य स्थानमा ग्राभेल हालेर सडक सम्याइए पनि अस्पतालअघिकै भागमा भने काम अलपत्र छोडिएको छ। कामका विषयमा स्थानीय सरकारले सम्पर्क गर्दा निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको प्रवक्ता ढुङ्गानाको गुनासो छ। निर्माण व्यवसायी नगरवासी नै भए पनि काम किन नभएको भनी सोध्न फोन गर्दा नउठाउने गरेको अत्तरखेलका स्थानीयवासीको गुनासो छ। यस सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि निर्माण व्यवसायी सन्तवीर श्रेष्ठले फोन उठाएनन्।

करोडौं योजनाको यो सडकमा कतै पनि सूचना पाटीसमेत राखिएको छैन। सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्थासमेत उल्लङ्घन हुँदासमेत काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले निर्माण व्यवसायीलाई केही नभन्ने गरेको स्थानीवासी रमा श्रेष्ठ बताउँछिन्। आयोजनाका अधिकारीसमेत स्थानीय सरकार र पीडित जनाताका फोन उठाउँदैनन्। कार्यालयले नै सुविधामा दिएको फोन बोेकेर हिँड्ने गरेका अधिकारीहरु त्यही नम्बर स्वीच अफ गरेर बस्ने गरेका छन्।

निर्माण व्यवसायी स्थानीयवासी भएकाले आफ्नो टोलअघिको सडक क्षेत्रमा केन्द्रित भई पहिले जोरपाटी–सुन्दरीजल सडकको भैरवचौर–भूमिस्थली क्षेत्रमा मात्र कालोपत्र गरेर अन्यत्रको काममा ढिलाइ गरेको नगरवासी गुनासो गर्छन्।

प्रतिक्रिया दिनुहोस