२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा बैठकः हत्या घटनाका दोषीमाथि कारवाही गर्न माग

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य वीरमान चौधरीले असार २१ गतेदेखि हराइरहेका टीकापुर नगरपालिका–१ का बालक विष्ट कसैको अपहरणमा परेको भन्ने आशङ्का गरिएको भन्दै बालकको अवस्थाबारे सत्य तथ्य कुरा जानकारी दिन माग गरे ।

सदस्य लीलाधर भट्टले बैतडीमा निर्माणाधीन सडकमा काम गर्ने मजदूरले पाउनुपर्ने २१ महिनादेखिको पारिश्रमिक र खप्तड पर्यटन विकास समितिका कर्मचारीले पाउनुपर्ने पारिश्रमिकको भुक्तानी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कुटपिट गरी हत्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् ।

बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री जोशीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसभा समक्ष टेबुल गरेका थिए ।