८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख सचिव डा. रेग्मीद्वारा पदवहाली, सृजनशील र जनमुखी हुन कर्मचारीलाई निर्देशन

अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मीले सङ्घीय शासन प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न र शासन प्रणाली प्रति जनताको अपनत्ववोध सिर्जना गर्न सबै कर्मचारीहरूलाई दत्तचित्त भएर सृजनशील र जनमुखी भई कार्य गर्न अनुरोध गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सोमबार पदवहाली गर्दै प्रमुख सचिव डा. रेग्मीले प्रशासन सरकारको दर्पण भएकोले सरकारको प्रभावकारिता अभिवृद्धि गर्न प्रशासनयन्त्रको महत्त्वपूर्ण भूमिका रहनेसमेत बताएका छन् ।

पद बहाली लगत्तै डा। रेग्मीको अध्यक्षमा बसेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशभित्र कोरोना विरुद्धको खोप लगाउनु पर्ने जनसङ्ख्या, लगाइसकेको जनसङ्ख्या, खोप प्राप्त हुन सक्ने सम्भाव्यता समेतको आङ्कलन गरी खोप योजना(भ्याक्सिन प्लान)तयार गर्न, सबै मन्त्रालयहरूले आर्थिक वर्ष २०७७-०७८ को मन्त्रालयगत प्रगति समीक्षा मिति २०७८ साउन १० गतेभित्र सम्पन्न गर्ने र श्रावणको दोस्रो हप्ताभित्र पीएमडीएसी गर्ने निर्णय गरेको छ ।

सबै मन्त्रालयहरूले आगामी आर्थिक वर्षको वार्षिक विकास योजना कार्यान्वयन गर्दा खर्चमा प्रभावकारिता ल्याउन आवश्यक पर्ने खरिद योजनाको विवरण तत्काल तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै सबै मन्त्रालयहरूले मन्त्रालयको काममा प्रभावकारिता ल्याउने निर्णय भएको छ ।

यसै गरी अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयन कार्य योजना तयार गर्ने साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको वार्षिक नीति तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना तयार गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस