६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासीद्वारा कोभिड अस्पताललाई सहयोग

अ+ अ-

भोजपुर । भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम बढेको छ । अस्पताललाई सहजरूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्चलाई कटाएर रु ५१ हजार सहयोग गरेका हुन् । प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

त्यस्तै अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले रु एक लाख ८० हजार बराबरको अक्सिजनसहित १० सिलिण्डर वितरण गरेका छन् । श्रेष्ठले आफू कोभिडको बिरामी भएर उपचार गराउँदा अक्सिजनको आवश्यकता धेरै नै रहेको महसुस भएकाले अक्सिजन सहयोग गरेको बताए । यसले कोभिडका बिरामीलाई केही राहत हुने उनको भनाइ छ ।

त्यस्तै भोजपुर नगरपालिकाले ब्लड बैङ्क स्थापनाका लागि फ्रिज र नेपाल चिकित्सक सङ्घले भेन्टिलेटर वितरण गरेको छ । अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग भइरहेको भए पनि जनशक्ति व्यवस्थापनमा भने समस्या रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले भने, ‘अस्पताललाई आवश्यक मापदण्डअनुसार निर्माण गरेर यहाँका बिरामीलाई बाहिर नपठाउने गरी काम गरिरहेका छौँ, विभिन्न ठाउँबाट सहयोग पनि जुटिरहेको छ, तर जनशक्ति व्यवस्थापनमा चुनौती छ, यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्छौँ ।’ अस्पताल सञ्चालनका लागि बजार क्षेत्रका व्यवसायी, समाजसेवी, विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

कोभिडका बिरामीलाई सहजरूपमा उपचारको व्यवस्था गराउनका लागि काम भइरहेको सो नगरपालिकाले जनाएको छ । त्यसका लागि विभिन्न सरोकारवाला पक्षसँगै समन्वय गरेर काम भइरहेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख कैलाशकुमार आलेले भने, ‘कोभिड अस्पताललाई व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको छ, अन्य विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर काम गरिरहेका छौँ ।’

जिल्लामा बिहीबारसम्म एक हजार १३० सङ्क्रमित भएका छन् भने ९६९ निको भएर फर्किएका छन् । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै जान थालेपछि जिल्लामा यातायात सेवालाई आजबाट खुला गर्ने निर्णयसमेत गरिएको छ । पसलहरु स्वास्थ्य मापदण्ड पूरा गर्दै समय निर्धारण गरेर सञ्चालनको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस