१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप

अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो ।

यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी हाल करीब दोब्बरको सङ्ख्यामा क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको जिल्ला कार्यालयका अनुसार नौ हजार २९२ क्रियाशील सदस्यले नवीकरण गरेका हुन् ।

पनौती नगरपालिकाको पाँच वटा वडाको नयाँ सदस्यता वितरण ढिलाइपछि उत्पन्न विवादका कारण करीब चार सय नयाँ सदस्यको विवरण पठाउन बाँकी रहेको कार्यालयका सचिव विनोद तिमल्सिनाले बताए । काभ्रेपलाञ्चोकमा छ नगरपालिकासहित १३ स्थानीय तह छन् ।

काभ्रेपलाञ्चोकमा रहेका क्रियाशील सदस्यको केन्द्रबाट स्वीकृत भई जिल्लामा आउन भने बाँकी छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि अभियानमार्फत सदस्यता दोब्बरबढी पुर्याइएको काभ्रे काँग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी बीस हजार पुर्याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए ।

उनका अनुसार सदस्यताको सूची पठाइएअनुसार केन्द्रीय कार्यालयबाट स्वीकृत भई आएपछि जिल्ला कार्यसमितिमा नयाँ–पुराना गरी हाल करीब १९ हजार क्रियाशील सदस्य रहेका छन् । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा २०७७ साल पुस महिनादेखि पुनःशुरु गरिएको थियो । केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फतसमेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । १३ औँ महाधिवेशनका बेला जिल्लाका दश हजार क्रियाशील सदस्यमध्ये मृत्यु भएकाबाहेक ९८ प्रतिशतले नवीकरण गरेको जनाइएको छ ।

पार्टीले गत १३ औँ महाधिवेशनमा भएकाबाट १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरेको थियो । काँग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको थियो । नेपाली काँग्रेस केन्द्रीय समितिको गत असार ४ गते सम्पन्न बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २६ गते र प्रदेश अधिवेशन आउदो भदौ १ र २ गते निर्धारण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस