२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडमा

अ+ अ-

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगत रूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।

टेकुस्थित लिमिटेडको कार्यालयको मूल ढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई फाराम बुझाएको तीन दिनसम्म पनि खाता नं पाउन नसकेको गुनासो गर्छिन् ।

कार्कीजस्तै सयौँ सेवाग्राही लिमिटेडमा समयमा काम नहुने गरेको दुखेसो पोख्छन् । कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने र मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेका छन् । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इसारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीको गुनासो छ ।

ब्रोकरले सेवाग्राहीसँग काम लिन लिमिटेडका कर्मचारीलाई प्रभावमा पारेर एकाधिकार जमाएको डिम्याट खाता नं लिन तीन दिनदेखि धाउनुभएका समरबहादुर श्रेष्ठको गुनासो छ । मालपोत, यातायातलगायत सरकारी कार्यालयमा जस्तै लिमिटेडले पनि दलालमार्फत काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको उनको भनाइ छ ।

लिमिटेडका सूचना अधिकारी सिर्जना बाँस्कोटा भने केही दिनअघिसम्म टोकन दिएर सेवाग्राहीलाई कार्यालय छिराएर सेवा दिएको दाबी गर्छिन् । कोरोना जोखिमका कारण टोकन पनि दिन बन्द गरेको उनको भनाइ छ । सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा पाउँदैनन् । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत दिँदैनन् । पैसा फाराममै ‘स्टिच’ गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यसो गर्दा सेवाग्राहीको फाराम हराएमा दाबी गर्न उसँग कुनै प्रमाण हुँदैन ।

कार्यालयको यस्तो बेथितिका विषयमा कर्मचारीसँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुने गरेको दुखेसो सेवाग्राहीको छ । कार्यालय परिसरमा कतै नागरिक बडापत्रसमेत भेटिँदैन । एउटा खाता नं लिनकै लागि सेवाग्राही हप्ता दिनसम्म धाउनुपर्ने वातावरण कार्यालयमा बनाइएको छ । सूचना अधिकारी बाँस्कोटा भने सेवाग्राहीले फाराम पेस गरेको आधा घण्टादेखि एक घण्टाभित्रमा खाता नं दिने गरेको दाबी गर्छन् ।

मेरो शेयर फारम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि लामो समयदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई सेवा दिने बताउँछन् ।