२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोप केन्द्रहरुहरुलाई मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप केन्द्रहरूमा भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा हुने गरेको भिडभाडले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

कोभिड १९ सङ्क्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन सबैले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘खोप केन्द्रहरूमा भइरहेका भिडभाडप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। खोप केन्द्रहरूमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रूपमा थप स्वयंसेवकहरू परिचालन गरेर भए पनि खोपको प्राथमिकता र पालोमा परेका सर्वसाधारणहरूलाई सहज हुने व्यवस्था गर्नु हुन अनुरोध गर्दछौँ , हाल चलिरहेका र सुरु हुने अभियानहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुन गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समितिहरू, जिल्ला स्वास्थ्य कार्यालयहरू, स्थानीय निकायहरू र सबै सरोकारवालाहरूलाई अनुरोध छ ।’

कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोप अभियान तीव्र गतिमा सञ्चालन गरिरहेको जनाएको मन्त्रालयले खोप अभियानलाई द्रुत गतिमा लैजाने गरी खोप आपूर्ति बढाउँदै, केन्द्रहरू विस्तार गर्दै, अनलाइन प्रविधिकोसमेत प्रयोग गर्दै व्यवस्थित गरिँदै लगिएको स्पष्ट पारेको छ ।

हाल देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाउने काम भइरहेको छ । पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइन लागिएको हो।

स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।

यसै गरी कोभिड खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई भोलि (सोमबार) २५ गतेदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने छ ।

जापानबाट शनिवार तीन लाख डोज खोप आइपुगेको छ । आइतबार थप पाँच लाख खोप आइपुग्ने छ । जापानबाट आएको ८ लाख डोज खोप प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा २५ गतेबाट दोस्रो डोज अस्ट्राजेनेका खोप दिइने स्वास्थ्य सेवा विभागअन्तरगतको खोप शाखाले जानकारी दिएको छ ।