१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्यममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्दै प्रहरी महानिरीक्षक थापाले पूर्ण पेसागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न पनि निर्देशन दिए । उनले सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न आग्रह गरे।

कार्यक्षेत्रमा खटिने सिलसिलामा व्यक्तिगत सुरक्षाप्रति सचेत हुँदै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक पारदर्शिता तथा शून्य सहनशीलता नीतिअनुरुप कार्य सम्पादन गर्न पनि सुझाव दिएका छन् ।

प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन भनेका छन् । उनले स्थानीय स्तरसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पार्नु आजको आवश्यकता भएको औँल्याए ।

प्रहरीको भौतिक संरचना, सिसिटिभी जडान जस्ता कार्यक्रममा स्थानीय तह, जनप्रतिनिधि तथा सङ्घ संस्थासँग समन्वय गरी दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन पनि निर्देशन दिए । उनले प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस