१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता बलियो भए मात्र शहीदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भए मात्र शहीदको सपना पूरा हुने बताएका छन् ।

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिँदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताए ।

‘सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानी पूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानी पूर्ण सङ्घर्ष गरे’, उनले भनेका छन्, ‘सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुई साता चलेको जनआन्दोलन र चार जना वीर सहिदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।’

साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन वीरगति प्राप्त गरेका थिए । प्रदेश प्राप्तिको आन्दोलनमा अग्र मोर्चामा रहेर लड्दै गर्दा शहादत प्राप्त गर्ने महान् शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सन्देशमा आन्दोलनमा घाइते भएका योद्धाप्रति उच्च सम्मानसहित स्वास्थ्य लाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले सङ्घीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा हार्दिक अपिल गर्दै स्वदेश तथा विदेशमा रहेका समस्त कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

उनका अनुसार ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउने सोच भए पनि कोरोना महामारीको सङ्कटले औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन यद्यपि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को अभियानमा एकताबद्ध भई अगाडि बढ्न यो दिवसले समस्त कर्णालीवासीमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस