९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

अ+ अ-

भक्तपुर । सूर्य विनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।

सो अवसरमा उनले सूर्य विनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खादेखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने बताए । उनले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरु छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताए ।

उनले भने, ‘भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरुले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ ।’ उनले सूर्य विनायक नगरपालिका क्षेत्र आफैँमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताए ।

कार्यक्रममा सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ भने । सङ्घ, प्रदेश र नगरपालिकाको बजेटले सूर्य विनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उनले बताए ।

वडा नं ४ का वडाध्यक्ष उत्तम थापा तथा ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा लगायतले सूर्यविनायकको विकासमा भएको प्रगतिका बारेमा चर्चा गरे ।

राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष जयराज न्यौपानेले दुई सय वर्षअगाडि मन्दिर बनेको शिलालेख भेटिएको यस मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीले पनि सहयोग पुर्‍याएको बताए ।

समितिका सदस्य एवं कार्यक्रम संयोजक गोपी न्यौपानेले मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीबाट रु आठ लाख ६५ हजार सङ्कलन भई मन्दिरमा तामाको मुठल, शिरबन्दी, घण्टा, ढलौटको राधाकृष्णको मूर्ति, गणेशको मूर्ति, पित्तलको छानोसहितको रथ, बहुमुखी धारो, मन्दिर वरिपरि दियो, झल्लर, मन्दिरमा बार लगायतको संरचना निर्माण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस