१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्त्व

अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्त्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो ।

यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना महामारीका कारण यहाँ गत वर्ष र यस वर्ष पनि धुमधामका साथ मनाउन नसकिएको यस गाईजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको जानकारहरु बताउँछन् ।

सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजुका अनुसार नेवारहरू यस पर्वलाई ‘साँपारु’ पनि भन्दछन् । भनिन्छ– राजा प्रताप मल्लले पुत्र शोकमा डुबेकी महारानीलाई सान्त्वना दिन गाईजात्रा पर्वको थालनी गर्न लगाएका थिए । त्यस बेला सुरु भएको यो जात्रा आज पनि मृतक संस्कारमा आधारित भएरै चल्दै आइरहेको माकाजुले लेखेको पोखरामा केही जात्रा पत्र पुस्तकमा उल्लेख गरिएको छ ।

मान्यताअनुसार यस दिन धार्मिक कर्म गर्‍यो भने मृतकलाई स्वर्गलोक प्राप्त गर्न सहज हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो दिन दिवङ्गत भएका आफन्तको गुणगान र उनीहरुप्रति श्रद्धाञ्जलीका साथै हाँसो, ठट्टा र व्यङ्ग्य गर्दै आनन्द लिने पनि गरिन्छ । धर्मशास्त्रमा उल्लेखअनुसार जसरी मर्नुअघि गाईको पुच्छर समातेर वैतरणी गरे स्वर्ग पुगिन्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसरी नै मृतकलाई यस कार्यबाट स्वर्गमा पुग्न सहयोग पुग्न सक्दछ भन्ने आस्था रहिआएको उक्त पुस्तकमा उल्लेख छ ।

गाईजात्राको दिन (श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट) मृतकको सम्झनामा गाई निकाल्ने गरिन्छ । डोको भित्र मान्छे पसेर मृतकको फोटो सजाएर बाँसको लिङ्गलाई गाईको सम्झना गरिन्छ । यसरी सम्झना गर्दा आफ्नो घरमा मात्र नभई अरुको घरमा घटेको घटना पनि थाहा हुने सहानुभूति र सान्त्वनाको सञ्चारमा हुने गरेको पाइन्छ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा नेवार समुदायको बस्ती सुरु भएदेखि नै यस पर्वको सुरुआत भएको हुनसक्ने बताउँछन् । उनका अनुसार तत्कालीन बाइसे चौबिसे राजा सिद्धिनारायाण शाहले विसं १८२५ अगाडि नै भक्तपुरबाट २६ घर नेवार ल्याए विन्ध्यवासिनीदेखि गणेश टोलसम्म बस्ती बसाए जसलाई २६ कुरिया नामकरण गरियो । पछि बगाले टोल, रामकृष्ण टोल, गणेश टोल, भीमसेन टोल, मोहरिया टोल लामा चौतारा हुँदै नाम परिवर्तन हुँदै आयो । त्यसयता नै पोखरामा यस पर्व मनाउन थालिएको हुनसक्ने उनको अनुमान छ ।

यस पर्वको सुरुआतका सन्दर्भमा संस्कृतिकर्मी श्रेष्ठ भन्छन्, ‘मृत्यु संस्कारमा आधारित यस पर्व राजा प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिने उद्देश्यका साथ यस्ता घटना अरुको पनि हुन्छन् भनेर देखाएर रानीको मन भुलाउन प्रारम्भ गरेको पाइन्छ ।’ श्रेष्ठले ख्याली बनाई हँसाउने प्रयत्न गरेको, एउटा मनोवैज्ञानिक समस्या समाधानको उपाय खोजी पनि यस पर्वमा जोडिएको साथै अर्कातर्फ यस पर्वले वर्षभरि सहरमा कति मानिसको मृत्यु भयो भनेर तथ्याङ्क सङ्कलन गर्न पनि सहज हुने गरेको बताए ।

पछिल्लो समय प्रविधिको प्रयोग र अनेक उत्सव महोत्सवले गाई जात्राको महत्त्वलाई घटाए पनि ऐतिहासिक सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको महत्त्व निकै रहेको उनको भनाइ छ । यसरी सुरु भएको यो महत्त्वपूर्ण जात्राका दिन पोखरामा सक्नेले मृतकको सम्झनामा रामायण प्रदर्शनसमेत गर्ने परम्परा रहिआएको छ । रामायण प्रदर्शन मा भगवान् रामको जीवन झल्काउने गरी झाँकी प्रदर्शन गरिन्छ । प्रदर्शनमा विशेष गरी आफ्नै सन्तानलाई राम, लक्ष्मण र सीताको भेष धारण गर्न लगाइन्छ । अर्कातिर हनुमान, जाम्बवान, नारद, राधाकृष्ण, शिव, पार्वती आदिका झाँकी बनाएर भजन कीर्तन गर्दै नगर परिक्रमा गराइन्छ । यसरी प्रदर्शन गर्नाले मृतकले स्वर्गमा स्थान प्राप्त गर्दछन् भन्ने जनविश्वास रहेको छ ।

नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार गाई जात्रा अर्थात् तायामचाः प्रतियोगिता विसं २०५२ बाट निरन्तररुपमा गरिँदै आइएको छ । त्यसअघि विभिन्न अवसरमा गाईजात्रा देखाउँदै आए पनि २०५२ सालदेखि निरन्तर प्रतियोगिता हुँदै आएकामा गत वर्ष र यस वर्ष कोरोनाका कारणले प्रतियोगिता भएन । मृतकका घरमा गाई निकाल्ने कार्य भने हुँदै आएको छ । यस पर्वमा चार परी र एक जोकर नचाइन्छ भने झ्याली, खिं र शहनाई बजाइन्छ । पोखरामा प्रदर्शन गरिने यो तायामचा हेर्न गाउँगाउँबाट पनि मानिस आउने गरेको पालिखेको भनाइ छ । ‘लोप हुँदै गएको यो संस्कृतिलाई बचाउन हरेक वर्ष प्रतियोगितात्मकरूपमा आयोजना गर्दै आएकामा कोभिड– १९ को महामारीका कारण गत वर्ष र यस वर्ष निरन्तरता पाउन सकेन’, पालिखेले भने । निकै पुरानो इतिहास बोकेको कास्कीमा प्रचलित विभिन्न पर्वमध्येको एक गाईजात्रा पर्व अर्थात् तायामचा पनि हो । उनका अनुसार पहिला पाँच सात टोलमा मात्र हुने यो प्रतियोगिता पछिल्लो समय ३३ वटा टोलमा हुँदै आएको थियो ।

नयाँ बजार सांस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ धार्मिक परम्परा र व्यङ्ग्यात्मक रूपमा यो नाचको महत्त्व दर्साउँछन्। उनका अनुसार मान्छेलाई सिङ बनाई महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलो डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गराइन्छ । नृत्यमा चार जना परी र एक जना नाङ्गेच्यालाई बाजाको तीन तालमा नचाउने गरिन्छ । नेपाली संस्कृति संरक्षणका लागि हुँदै आएको यस्ता गाईजात्रा पर्वले नयाँ पुस्तालाई यसको ऐतिहासिक सांस्कृतिक महत्त्व बुझ्न अवसर मिल्दै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस