२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जागिरको समीकरण

अ+ अ-

अभिलाषाको एउटा गल्छेडाभित्र
सँगाल्दै अनगिन्ती सपनाहरू
ताल्चा मारेर
सम्पूर्ण ढोकाहरू जिन्दगीका

ज्यानमारा जागिर खान
निस्किएको छु ।

सडकमा
मेरा जागिरको
मूल्य सूचि देख्दिन कतै पनि
न भेट्छु कुनै भीडमा
अपनत्व मेरा जागिरको
र पनि
चुपचाप चुपचाप
जागिर खाइरहेको छु ।

मैले जागिर खाएको छु कि
मलाइ खाएको छ जागिरले
यस्तै कल्पनाको पहरामा
छिमलिरहेछु म हरपल
आफ्नै जिन्दगीलाई ।

खले गह्रो बेचेर
मेले आर्जेको योग्यता
आज सङ्कटमा छ
पसिना खर्चेर हरदम
मैले कमाएको दक्षता
थप्पडसँग साटिन पुग्छ
खद्दरको धोती बिर्सेर श्रीमतीको
मैले जोगाएको नैतिकता
बन्दी बनेको छ कारागारहरूमा ।

यस्तै
राष्ट्र र राष्ट्रियताप्रति
मैले निःसङ्कोच देखाएको
इमानदारीको बदलामा
प्रशस्त कठपुतली भाटाहरू
बर्सिएका छन् म माथि
तर पनि
बोलेको छैन मेरो जागिर
मेरो पक्षमा एक शब्द पनि ।

झोला बोकेरै आखिर
चुपचाप–चुपचाप
ज्यानमारा जागिर
खाइरहेको छु ।