गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै


२ आश्विन २०७८, शनिबार


गुल्मी । बर्षायाम सकिन लाग्दै गर्दा गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ। सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ। बस्नेतले मालिका गाउँपालिकाका एक जना, गुल्मी दरबार गाउँपालिकाका एक जना र मुसिकोट नगरपालिकाका दुई जना बिरामी रिफर गरिएको जानकारी दिए। हाल बिरामीको समस्यामा सुधार भएको बस्नेतले बताए।

यस रोगबाट बच्न पुतलीबाट टाढा रहने, बालबालिकालाई जोगाउने,कोठाभित्र बत्ती बाल्दा ढोका झ्याल बन्द गरेर बाल्ने,सकभर समयमै खाना खाएर सुत्न बस्नेतले सुझाव दिए।

आँखामा समस्या आउनसाथ तत्कालै जाँच गराउन समेत उनले आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस