९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुवंशीय रक्तस्राव भएका व्यक्तिको गणना हुने

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना-२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।

जनगणनामा अपाङ्गता भएकाको सूचीमा १०औँ नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ । आज यहाँ आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरे ।

उनले गणक आउँदा घरपरिवारमा भएका हेमोफिलिया भएका व्यक्तिको विवरण स्पष्ट दिनसमेत सबैलाई आग्रह गरे । सोसाइटीले हेमोफिलियाको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको थियो ।

कार्यक्रममा हेमाफिलिया विशेषज्ञ डा विशेष पौडेलले नेपालमा करिब तीन हजार ५०० हजारको सङ्ख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिए तापनि अहिलेसम्म करिब ७५० जना मात्रको पहिचान गरिएको बताए ।

नेपालमा कान्ति बाल अस्पताल र वीर अस्पतालमा हेमोफिलियाका भएका बिरामीको उपचार गरिन्छ । हेमोफिलिया मानवरक्त तत्वमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो । हेमोफिलियाका कारणले घाउ, ठक्कर र चोटका कारणले मात्र नभई आफ से आफ आन्तरिक रक्तस्राव भइरहने र अत्यधिक पीडा हुने गर्छ । त्यस्तै पटक(पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने र रक्तस्राव कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्ता हुन्छ ।

वीर अस्पतालका डा निरजकुमार सिंहले बिरामीको खोजी गरी उपचार गर्नुपर्ने बताए । बर्सेनि २०० बिरामी थपिने गरेको उहाँको भनाइ छ । उनले जनगणनाका वास्तविक हेमोफिलियाका रोगीको पहिचान गर्नुपर्ने बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव रामु बस्नेतले हेमोफिलियाका बारेमा स्थानीय स्तरमा जनचेतना जगाउनुपर्ने बताए । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यो आमाबाट पुरुष सन्तानमा सर्ने वंशाणुगत रोग हो । रगतमा १३ प्रकारका प्रोटिनयुक्त तत्व हुन्छन् । रगतमा तत्व आठ र तत्व नौ डिफिसेन्सी भएको अवस्थामा हेमोफिलिया हुने गरेको डा सिंहले जानकारी दिए । हेमोफिलिया रोगको औषधि सधैँ नै खाइरहनुपर्दछ । आवश्यक औषधोपचारको अभावमा तीन–चारजनाको बर्सेनि ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस