२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेँसी झार्न थालियो रुकुमका भेडी गोठ

अ+ अ-

रुकुमपूर्व । गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ ।

हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो । गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्नेक्रम चलिरहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१० का विकास बुढामगरले बताए ।

बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै कृषक आफूले पालेका बस्तुभाउसहित वैशाखमा बुकी पाटनमा उक्लने गरेका छन् । अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठाला भेडाबाख्रा र गाईको बथानसहित बेँसी झर्न सुरु गरेको बुढाले बताए ।

तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन् । उनीहरु बुकीमा दुईरदुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताए ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग छ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताए ।

पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन ९भेडापालन० गर्न भने सकिँदैन ।

चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारिएका तीनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम ९पश्चिम०, रोल्पा, सल्यान, सुर्खेत, दाङलगायतका क्षेत्रमा झार्ने बुढाले बताए ।

उनका अनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन् । पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०र६० देखि ५००–६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् ।