४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रभावित बालबालिकाको संरक्षणमा ‘स्याहार योजना’, ठेचोमा अस्थायी केन्द्र सञ्चालन

अ+ अ-

काठमाडौँ । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक वा संरक्षकविहीन भएका तथा विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ ।

योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका-१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले केन्द्र सञ्चालनमा ल्याएको हो ।

विपद् प्रभावित बालबालिकालाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै आवश्यक संरक्षण सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको जनाइएको छ ।

केन्द्रमा उद्धार गरिएका तथा संरक्षण आवश्यक देखिएका बालबालिकाका लागि सुरक्षित आवास र खानपानको व्यवस्था गरिनेछ । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइनेछ ।

त्यसैगरी बालबालिकाको पारिवारिक अवस्था पहिचान गरी अभिभावक, परिवार वा आफन्तको खोजी गर्ने व्यवस्था केन्द्रले गर्नेछ । परिवारको पहिचान भएपछि बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भव भएसम्म सुरक्षित रूपमा परिवार वा उपयुक्त आफन्तसँग पुनर्मिलन गराइनेछ ।

परिवारसँग पुनर्मिलन पहिलो प्राथमिकता
सरकारले बालबालिकालाई लामो समयसम्म संस्थागत संरक्षणमा राख्नुभन्दा उनीहरूको पारिवारिक वातावरणमा सुरक्षित पुनर्स्थापनालाई प्राथमिकता दिएको छ ।

परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा मात्र बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्यांकन गरिनेछ । त्यसपछि प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था गरिनेछ ।

यस्तो व्यवस्था अन्तिम विकल्पका रूपमा मात्रै अपनाइने सरकारले जनाएको छ । ‘स्याहार योजना’मार्फत विपद्का बेला जोखिममा परेका बालबालिकाको तत्काल उद्धारदेखि संरक्षण, पारिवारिक खोजी र पुनर्मिलनसम्मको प्रक्रियालाई व्यवस्थित गर्ने लक्ष्य लिइएको छ ।

0 Comments