काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
खनाल आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुनुका साथै उनले न्युयोर्कमा आयोजना हुने विभिन्न मन्त्री स्तरीय बैठक र साइड इभेन्टमा नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले विभिन्न मित्रराष्ट्रका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग साइडलाइन भेटवार्ता गर्नेछन् । त्यस्ता भेटमा द्विपक्षीय सम्बन्ध तथा पारस्परिक चासोका विषयमा छलफल हुने बताइएको छ ।
महासभासहितका अन्तर्राष्ट्रिय मञ्चमा मन्त्री खनालले नेपालको राष्ट्रिय हित र सरोकारसँग सम्बन्धित विषयमा नेपालको औपचारिक धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।






