काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।
संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज (बिहीबार) १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा आफ्नो असहमति रहेकोले बैठकमा नजाने उनले बताए ।
सम्बन्धित समाचार : प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै
सम्बन्धित समाचार : प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान