११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी वाणिज्य क्याम्पसमा सामाजिक सञ्जाल प्रयोगमा बन्देज

अ+ अ-

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले कलेज र विद्यालयका परिसर, कक्षाकोठा र परीक्षा हलमा समेत टिकटक बनाउन थालेपछि टिकटक, फेसबुक, इन्स्टाग्राम र इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज लगाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र कतिपय अवस्थामा अनुशासनको सीमा नाघेकाले क्याम्पस परिसरभित्र तस्बिर र भिडियो प्रयोग हुने सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाइएको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बताए।

क्याम्पसले हिजो (बिहीबार) सूचना नै निकालेर भनेको छ, ‘यस लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधि प्रयोग गरी कुनै पनि गतिविधि गर्न निषेधित गरिएको छ। अन्यथा पाइएमा कानुनी कारबाहीका लागि सिफारिस गरिने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

पछिल्लो समय क्याम्पस हाताभित्र बनाएका टिकटक भिडियो भाइरल हुने र क्याम्पसकै प्रतिष्ठामा आँच पुग्ने किसिमका कमेन्ट आउन थालेपछि यस्तो निर्णय लिनुपरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

सामाजिक सञ्जालको दुरुपयोग गर्ने र प्रयोगकर्ताले मर्यादाको सीमा नाघ्न थालेको बुद्धिजीवी मनिकर कार्की बताउँछन्।

‘सामाजिक सञ्जालमा के गर्ने र के नगर्ने भन्ने कुरा व्यक्ति स्वयंले निर्धारण गर्नुपर्छ। यसमा आफैले आचारसंहिता बनाउने हो’, उनी भन्छन्, ‘सामाजिक सञ्जालमा छाडापन हुनुहुँदैन। मर्यादाभित्रै रहेर आफ्ना कुराहरु राख्नुपर्छ।’

उनी खुलापनको नाममा विकृति बढिरहेकोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु सजग हुनुपर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस