२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सप्तरीमा जसपाको प्रदर्शन

अ+ अ-

राजविराज । प्रदेश २ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आज (शनिबार) साँझ सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जसपाको प्रदेश समितिको निर्देशनमा राजविराजमा मसाल जुलुस निकालिएको हो ।

अख्तियारले ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपा प्रदेश २ का मुख्य सचिव शम्भू झाले बताए । उनका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

राजविराज स्थित स्थानीय शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए ।

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी केही कागजात जफत गरेको थियो ।

सम्बन्धित समाचार : कागजात लिएर फर्कियो अख्तियारको टोली

सम्बन्धित समाचार : अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले दुई दिन विरोध प्रदर्शन गर्ने