९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले नीति बनाउँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्छ’

अ+ अ-

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नु परिरहेको बताएका छन् । उनले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताए ।

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोस्रो साधारणसभालाई आज सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरू निजी क्षेत्रमैत्री नरहेको दाबीसमेत गरे । ढकालले भने, ‘सरकारले उक्त बजेटमार्फत ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन, बरु ढाड सेक्ने काम गरिरहेको छ ।”

पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेको ढकालले बताए । सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई आग्रह गरे । उनले भने, ‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस् ।’

नेपाल सरकारले गर्नुपर्ने काममा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वमार्फत योगदान गरिरहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाइ थियो । ‘हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्वअन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेका छन् तर सरकारले भने यस क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने मात्र गरेको गुनासो देशव्यापीरूपमा व्यवसायीहरुको रहेको छ’, उनको भनाइ थियो ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने ढकालले बताए । मुलुकको कूल राजश्वमा महत्वपूर्ण योगदान पुर्‍याउने भए पनि वीरगञ्ज-पथलैया करिडोरका उद्योगका लागि आवश्यक सडक, ढलजस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यले ध्यान नपुर्‍याउनु दुःखद् रहेको ढकालले बताए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयवासी र उद्योगीबीच सधैँ विवाद हुने गरेको बताए । उनले सरकारले औद्योगिक क्षेत्र र बसोबास क्षेत्र छुट्याइदिनुपर्नेमा त्यसो हुन सकेको गुनासो गरे ।

मुलुकको राजस्व र रोजगारीमा यहाँका उद्योगले पुर्‍याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ थियो । आजबाट सुरु भएको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस