२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान

अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधार गृह पठाउने आदेश दिएको हो ।

गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की पक्राउ परेका थिए ।

पछि कार्कीले अन्य अभियुक्तलाई पनि पोलेपछि हत्यामा अन्य व्यक्तिको पनि संलग्नता खुलेको थियो । सङ्खुवासभा प्रहरीले करिब २० दिन अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

त्यसपछि सुरु भएको थुनछेक बहस हिजो सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो ।

घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएकोले उनलाई भने बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।

सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार अभियुक्तहरूले प्रहरी र अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो अपराध स्वीकार गरी एकै मिलानको बयान दिएका छन् ।