१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्सका चर्चमा पादरीहरूले २ लाख बढी बालबालिकालाई यौन शोषण गरेको खुलासा

अ+ अ-

काठमाडौँ । फ्रान्सका चर्चहरूमा रहेका पादरीहरूले सन् १९५० यता २ लाखभन्दा बढी बालबालिकालाई यौन शोषण गरेको तथ्य सार्वजनिक भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हिजो (मंगलबार) सार्वजनिक भएको एक अनुसन्धान रिपोर्टले २ लाख १६ हजार बालबालिकाले त्यस्तो शोषण भोग्नु परेको देखाएको हो।

यौन शोषणमा पर्नेमध्ये धेरैजसो बालकहरू रहेको र उनीहरू १० देखि १३ वर्षको हुँदा शोषणमा परेको उल्लेख गरिएको छ।

फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने यौन शोषणको अनुसन्धान गर्न सन् २०१८ मा एउटा आयोग बनाइएको थियो। उक्त आयोगको नेतृत्व अवकाशप्राप्त कर्मचारी जिन-मार्क स्वाभले गरेका थिए।

मंगलबार आफ्नो अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै स्वाभले फ्रान्सका क्याथोलिक चर्चहरूले आफूलाई जोगाउन वर्षौँदेखि पीडितलाई गहिरो र क्रूर तरिकाले बेवास्ता गरेको बताए।

संसारभरिका रोमन क्याथोलिक चर्चहरूमा यौन शोषणका घटनाहरू सार्वजनिक भइरहेका बेला फ्रान्सेली अनुसन्धान रिपोर्टले चर्चभित्र भइरहेको शोषण आम मान्छेले सोचेभन्दा निकै बढी भएको देखाएको रोयटर्सले उल्लेख गरेको छ।

रिपोर्ट सार्वजनिक भएपछि पोप फ्रान्सिसले आफूले भोगेको शोषणबारे बोल्न सक्ने साहस जुटाएकोमा पीडितहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले फ्रान्सका चर्चहरूले पनि यो वास्तविकतालाई स्विकारेर नयाँ किसिमले सोच्न सुरु गर्नुपर्ने बताएका छन्।

अनुसन्धानको नेतृत्व गरेका स्वाभले अहिले पनि फ्रान्सका चर्चहरूमा यौन शोषणको समस्या रहेको बताएका छन्। सन् १९५० देखि १९७० सम्म सबैभन्दा धेरै शोषणका घटना भएको र सन् १९९० को दशकमा फेरि शोषणका घटना बढेको उनले जानकारी दिए। सन् २००० सम्म फ्रान्सका चर्चहरूले पीडितलाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेको र २०१५/०१६ तिर मात्रै धारणा अलिकति बदलिएको उनले बताए।

स्वाभ नेतृत्वको आयोगले चर्चमा बालबालिकामाथि भएको यौन शोषणको जिम्मेवारी चर्चले लिनुपर्ने र शोषणका घटनाबारे न्यायिक अधिकारीलाई जानकारी दिने सुनिश्चितता गर्नु पर्ने बताएको छ। पीडितहरूलाई क्षतिपूर्ति दिन पनि आयोगले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस