२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

अ+ अ-

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् ।

नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार बैठक (असोज १९–२१) तीन दिनसम्म सञ्चालन हुनेछ । बैठकमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीका एक–एक जना प्रतिनिधि सहभागी छन् ।

भारत सरकार र नेपाल सरकारका तर्फबाट सात/सात जनाको टोली नेपाल–भारत सीमा सुरक्षासम्बन्धी छलफलमा सहभागी छन् । केही वर्षअघि सो बैठक पोखरामा आयोजना गरिएको थियो ।

अन्तरदेशीय सीमा अपराध नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, दुवै देशका नागरिकको आवागमनमा सहजीकरण र सूचना आदानप्रदान छलफलको मुख्य विषय भएको जनाइएको छ ।

प्रत्येक वर्ष आयोजना हुने सीमा सुरक्षा बैठक विविध कारणले नियमित हुन सकेको थिएन । पहिलो बैठक २०६९ मा भारतमा बसेको थियो ।

दोस्रो बैठक २०७२ मा नेपालमा, तेस्रो बैठक २०७३ सालमा भारतमा र चौथो बैठक नेपालमा बसेको थियो । कोभिड–१९ का कारण अवरुद्ध पाँचौँ बैठक नयाँ दिल्लीमा बसेको हो ।