२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रङ्गशाला सरकारले बनाउनु पर्‍यो : मेयर दाहाल

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला अलपत्र परेको बताएकी छन्।

चितवन उद्योग सङ्घको साधारण सभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले रङ्गशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन्।

‘देशकै गरिमा बोकेको रङ्गशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस- सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रङ्गशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’

सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहु वर्षीय योजनाअन्तर्गत रङ्गशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन्।

क्रिकेट रङ्गशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस-सुन्तली फाउन्डेसन अन्योलमा छ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रङ्गशाला निर्माणको काम रोकेर काठमाडौँ पुगेका छन्।

गत साउन १५ देखि रङ्गशाला निर्माणको काम बन्द छ।