९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याऊ -आयोग

अ+ अ-

काठमाडौँ । मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको अनुगमन पछि आयोगले एक विज्ञप्ति जारी गर्दै झडपमा सुरक्षाकर्मीको गोली लागि चार जना प्रदर्शनकारीको मृत्यु भएको र केही प्रदर्शनकारी, पत्रकार र सुरक्षाकर्मी घाइते भएको भनिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

रुपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरूलाई सुरक्षाकर्मीहरूले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागि चार जना प्रदर्शनकारीको मृत्यु भएको र केही प्रदर्शनकारी, पत्रकार र सुरक्षाकर्मी घाइते भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

आयोगको टोलीले ‘उक्त घटनाका सम्बन्धमा प्रारम्भिक अनुगमन गर्दा सुरक्षाकर्मीले प्रस्तावित औद्योगिक क्षेत्रको जग्गामा बनाइएका अस्थायी घर टहरा र प्रदर्शनकारीलाई हटाउने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच दोहोरो झडप भएको, झडप हुँदा प्रदर्शनकारीतर्फ चार जनाको मृत्यु भएको, सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरी पाँच दर्जन जति व्यक्तिहरू घाइते भएका, समाचार सङ्कलनमा गएका पत्रकारसमेत प्रदर्शनकारीको निशानामा परेका, गम्भीर घाइतेहरूमध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको तथा अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको, मृतकहरूमध्ये एक जनाको मात्र सनाखत भएको र हाल घटनास्थलमा थप सुरक्षाकर्मीहरू परिचालन गरिएको पाइएको छ । यस घटनाबाट व्यक्तिको बाँच्न पाउने अधिकारको गम्भीर हनन हुन पुगेको’ जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ -‘व्यक्तिको ज्यानै जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गराउन तथा वास्तविक घरबारविहीनहरूको पहिचान गरी यथोचित स्थानमा बसोबासको व्यवस्था मिलाउनुका साथै यस घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिनको लागि संयमता अपनाई विवादको समाधान वार्ताको माध्यमबाट गर्न आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस