२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय डिफेन्स कलेजका प्रशिक्षार्थी पुगे जङ्गी अड्डा

अ+ अ-

काठमाडौँ ।  नेपाल भ्रमणमा रहेको भारतको नेशनल डिफेन्स कोर्ष-२०२१ का सैनिक अधिकारीले मङ्गलवार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगले नेतृत्व गरेको उक्त टोली असोज ३१ गते नेपाल आएको थियो । 

भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजका प्रशिक्षार्थी रहेका सैनिक अधिकारीहरूसँग प्रधानसेनापति प्रभुराम शर्माले भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति शर्माले दुई मुलुकका सेनाबिच हुने पारस्परिक भ्रमणले द्विपक्षीय सुरक्षा चासोलाई सम्बोधन गर्न सहज हुने बताए ।

टोलीले पोखरास्थित मध्य–कमान्ड हेड क्वाटर, शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्नेछ । उक्त टोली धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ ।

टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटेल एभरेस्ट भ्यु र चन्द्रागिरिको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । कमान्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिक अधिकारीहरू एक अर्को मुलुक भ्रमण गर्ने परम्परा छ ।

सोही परम्परा अनुसार भारतीय टोली काठमाडौँ आएको हो । अस्ट्रेलिया, भुटान, मालदिभ्स र श्रीलङ्काका सैनिक अधिकारीहरू सम्मिलित उक्त टोली कार्तिक ६ गते भारत फर्किनेछ।