१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

अ+ अ-

गण्डकी । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।

लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो ।

त्यस्तै, गीत, सङ्गीत एवम् साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मान गरियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सम्मानित स्रष्टालाई सम्मान गर्दै गीतसङ्गीतबाट सामाजिक न्यायसहितको समृद्धि आवश्यक भएको बताए । ‘हामीले गीत र सङ्गीतको क्षेत्रबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायमा जोड्न दिनुपर्ने आवश्यक छ,’ उनले भने, ‘राष्ट्रको सम्पत्तिका रुपमा रहेका संस्कृति र सङ्गीतको सही उपयोगबाट समृद्धि प्राप्त गर्न सकिन्छ ।’

‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट पप गीतमा चेतन राई, पप सङ्गीतमा सुदीप फेल्डर, पप म्युजिकमा अमित गुरुङ, पप एरेन्जतर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गीतमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गीतमा गोविन्द चापागाईं, मात्री भाषामा राजबहादुर गुरुङ, मौलिक लोकगीतमा रामचन्द्र ढकालले अवार्ड जित्न सफल भएको संस्थाका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट भजनमा सन्तोष अधिकारी, गाउँ चिनारी गीतमा सरिता अधिकार, सुगम गीतमा टेकनारायण चापागाईं, आधुनिक गीतमा विनोद बानियाँ, आधुनिक गीत रचनामा शान्ति सुनार, आधुनिक गीत म्युजिकमा जयकुमार परियार, आधुनिक गीत एरेन्जमा विवी अनुरागी, लोकगीतमा जीवन दाहाल, दोहोरी गायक पुरुषतर्फ कमल सुशान्त केसी, सोही इभेन्टमा महिलातर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्जतर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित भएका थिए ।

उनका अनुसार नवअभिनय पुरुषतर्फ राधाकृष्ण बस्यौला, उक्त इभेन्टको महिलातर्फ सरिता दानाकोटी, म्युजिक भिडियो निर्देशन शिवराज भुर्तेल, दृश्य सम्पादनमा राजकुमार मगर, म्युजिक भिडियो छायाङ्कन गणेश सापकोटा, अभिनयतर्फ अविरल अधिकारी, हास्य अभिनयमा राजेन्द्र नेपाली/युवराज भण्डारी, लोकदोहोरी गीतमा तारापति सुवेदी सम्मानित भए ।

दर्शक छनोटबाट दीपक थापा मगर, जुरी अवार्डबाट निर्मल खत्री, किसन नेपाली, सुवास अम्गाईं सम्मानित हुनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, संस्थाका अध्यक्ष कृष्णबहादुर राउत लगायतले लोकदोहोरी, सङ्गीतलगायत विविध क्षेत्रको महत्वमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस