२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२

अ+ अ-

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी ई सेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।

नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो ।

लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरेका हुन् ।

नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ई सेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।

आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिई ई सेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए । तर जब ई सेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा सर्प्राइज भएको जनाए ।

दाहालले अगाडी थपे आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वसनीयता बढ्दै गएको छ भने यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ ।

आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।