९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै

अ+ अ-

लमजुङ । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । वर्षेनि यहाँ उक्त प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको र यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

यस्ता प्रतियोगिताबाट वर्षेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्षसमेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई तीन लाखसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताए । त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई ५०÷५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिमा खेलहरुमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ ।प्रतियोगितामा करिब २५ टोलीको सहभागी हुने अपेक्षा भए तापनि राम्रो टोली छनोट गरेर १६ टोलीलाई मात्र खेलाउने कि वा सहभागी सबै टोलीलाई खेलाउने भन्ने विषयमा टुङ्गो लगाउन भने बाँकी रहेको अध्यक्ष गुरुङले भने ।

उनका अनुसार प्रतियोगितामा दैनिक पाँच हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ । करिब १० दिनसम्म हुने प्रतियोगिता अवधिभर ५० हजार दर्शकको उपस्थित हुने अनुमान आयोजकको छ । यहाँ सहभागी दर्शकमध्ये दैनिक आठ सयलाई प्याराफिट सिटमा बस्न सक्ने र उनीहरुलाई प्रतिव्यक्ति रु ५० टिकटको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस