९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

अ+ अ-

त्रिपोली । लिबियाका शक्तिशाली नेता तथा पूर्व गृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्।

न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उनले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गरेका छन् ।

त्यसै गरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित अर्थतन्त्र बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

राष्ट्रपतिका लागि ५९ वर्षीय बशाघाले समेत उम्मेदवारी घोषणा गरेसँगै अहिलेसम्म उम्मेदवारहरूको सङ्ख्या चार पुगेको छ ।

देशको राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये पूर्व राष्ट्रपति मोहम्मद गद्दाफीका छोरा पनि छन् ।

गद्दाफीका माइला छोरा सइफ अल इस्लाम गद्दाफीको उम्मेदवारीलाई लिबियालाई पुरानै अवस्थामा फर्काउने प्रयत्नको रूपमा व्याख्या गरिएको छ ।

आफ्नो पिताका सबैभन्दा योग्य उत्तराधिकारीका रूपमा हेरिएका उनलाई जिन्टन सहरको एक मिलिसियाको नियन्त्रणमा राखिएकोमा रिहा गरिएपछि उनले राजनीतिक गतिविधि गर्न लागेका हुन् ।

उनीप्रति लक्षित गर्दै नयाँ उम्मेदवार बशाघाले भनेका छन्, ‘लिबिया फेरि पुरानै अवस्थामा फर्किन सक्दैन, आम नागरिक नयाँ लिबिया चाहन्छन्, म त्यसका लागि काम गर्नेछु ।’

लिबियामा रगत र आँसु बगाउने दिनको आफूले अन्त्य गर्ने र सबैलाई खुसी र सुखी राख्ने अठोट पनि उनले व्यक्त गरेका छन् ।

“हामीले अब पुनर्निर्माण, पुनर्स्थापना र पुनर्जागरणको अभियान चलाउनु पर्छ, त्यसका लागि मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने।

पूर्वसैन्य विमान चालक तथा व्यवसायी बशाघाले फायज सार्जा नेतृत्वको अघिल्लो सरकारमा सन् २०१८ देखि गृहमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शक्तिशाली सरकारमा गृहमन्त्री बन्ने मौका पाएका बशाघालाई लिबियाको शक्तिशाली नेताका रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस