१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन : मुख्यमन्त्री भट्ट

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाए । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘देशमा सबै कम्युनिष्ट एक हुनुपर्ने जनभावना भए पनि केही ठूला नेताले आफू मात्रै ठूलो र अरू सबै साना देख्ने प्रवृत्तिका कारण कम्युनिष्ट एक हुन सकेनन्, जसको उदाहरण नेकपा एकता कायम नहुनु हो ।’

माओवादी विसं २०६४ मा देशकै ठूलो पार्टी भए पनि जनभावनाअनुसार काम गर्न नसक्दा तेस्रो दलमा झरेको स्मरण गर्दै उनले अब पुनः नेकपा माओवादी २०६४ सालको जस्तै देशमै सबै पार्टीभन्दा ठूलो दल हुनेसमेत जिकिर गरे । ‘हामीले अहिले जनभावनाअनुसार सबै क्षेत्रमा काम गरेका छौँ’, उनले भने, ‘अब माओवादी २०६४ सालको जस्तै देशको ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’

देशमा आमूल परिर्वत ल्याउन ठूलो योगदान दिएकाले नागरिकले पनि माओवादीलाई पुनः ठूलो दल बनाउन साथ दिने उनको विश्वास थियो । माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम क्षेत्रमा नागरिकले देख्ने गरी विकास गरेकाले पछिल्लो सयम नागरिक माओवादीप्रति आकर्षित हुन थालेको मुख्यमन्त्री भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस