२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिकामा फेरबदल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ ।

उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय काँग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो ।

आज (सोमबार) सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।

परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मङ्सिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ ।

यस्तै, केन्द्रीय महाधिवेशनमा मङ्सिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मङ्सिर २५ गतेका लागि सारिएको छ ।

महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्राविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो, संयोजक घिमिरेले भने, महाधिवेशनको तालिका परिवर्तन भएको छैन ।