१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

अ+ अ-

धनुषा । नेपाली काँग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।

क्षेत्रीय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा सञ्जयकुमार यादव र शैलेन्द्र महतो सर्वसम्मत चयन हुनुभएको हो । त्यसैगरी एक महिलासहित चारा सदस्य निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन भएका छन् ।

प्रदेशको ४ (क) बाट इन्दु यादव, जुगलकुमार यादव र राजु साह तथा प्रदेश ४ (ख) बाट किरणकुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन भएका छन् । त्यस्तै समानुपातिकतर्फ महिलामा निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसङ्ख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्वसांसद डा चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियार, वासुलाल महतो, राजकुमार महतो, धीरेन्द्र मोहन झा, समीर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव, सरु लामा, तुल्सा आचार्य, सरिता यादव, रचना श्रेष्ठ माथेमा, वीरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवनदेवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, बिना यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ ।

त्यस्तै महासमिति सदस्यमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा चन्द्रमोहन यादव, वासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव तथा महिलातर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ, समानुपातिक महिलाबाट बीना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासी जनजातिबाट वीरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस