काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
चितवनको सौराहा भएको १० औं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।
मङ्गलवार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् ।
आयोगका प्रमुख सुब्बाले एमाले अध्यक्षमा ओलीले १८३७ मत ल्याएर विजयी भएको घोषणा गरेका हुन् । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए ।







