२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस घमण्ड नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ : महामन्त्री खड्का

अ+ अ-

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताएका छन् । कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले धैर्यता, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताए ।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए । ‘विसं २०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौँ, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो’, उनले भने, ‘समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौँ ।’

उनले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गरे । विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भने, ‘हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो ।’ पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उनले निर्देशन दिए । साथै उनले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पारे । उद्घाटन कार्यक्रममा कांगे्रसका विभिन्न जिल्लाका सभापतिहरु, सङ्घीय र प्रदेश सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।