२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

अ+ अ-

बुटवल । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्याद थप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधि थप गर्न आग्रह गरेको हो ।

दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए । त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लियर गर्ने काम भइरहेको छ ।

यद्यपि तोकिएको समयमा पूरा हुने अवस्था नरहेकाले म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने सडकको अवस्थाको अध्ययन भइरहेको उनले जानकारी दिए । निर्माण कम्पनीसँग २०२२ अगस्टसम्म काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगस्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ ।

‘निर्माण कम्पनीले ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग गरेकाले जायज हो वा होइन भनेर मूल्याङ्कन भइरहेको र कन्सलटेन्टले यसका बारेमा अवस्था बुझ्न विज्ञको टोलीले अध्ययन गरिरहेको छ ।’ इन्जिनियर शाक्यले भने । लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो ।

यी सबै काम अहिले बिस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ ।

निर्माण कम्पनीले ठाउँ ठाउँमा सडक भासिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाइ भएको बताउँदै आएको छ । सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दीष्टीले निर्माण कार्य जारी रहे पनि सन्तोषजनक प्रगति नदेखिएको बताए । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जानकारी दिए । सो खण्डमा पनि रुख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाइ भएका कारणले सडक विस्तारको काम प्रभावित भएको छ ।

उत्तरतर्फको रुख कटानमा अनुमति पाएर धेरै रुख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रुख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रुख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रुखसमेत काट्ने भएको छ ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्ट ट्र्याक सडकले जोड्ने गरी सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा विसं २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तार कामको शिलान्यास भएको थियो ।

यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।

सो सडक चार लेनमा विस्तार हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो ।