२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले गरेको काम उत्कृष्ट : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका हुन् ।

भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने सबै दातृ निकायहरुलाई अर्थमन्त्री शर्माले धन्यवाद दिए । नेपाल सरकारकै आफ्नो स्रोत र दातृ निकाय सहयोगका कारणले नै पुनर्निर्माणको कार्यले मूर्तरूप लिएको उनको भनाइ छ ।

‘पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिँदै गर्दा आयोजना गरेको यस अन्तर्राष्ट्रिय सम्मेलन मार्फत पुनर्निर्माण अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायहरु लगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई म धन्यावाद व्यक्त गर्न चाहन्छु’ अर्थमन्त्री शर्माले भने ।

सो क्रममा उनले पुनर्निर्माण प्राधिकरणका सिइओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गम स्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिकलाई पनि धन्यवाद दिए ।

२०७२ सालमा गएको भुकम्पका कारण क्षतिग्रस्त भएका भौतिक संरचना, निजी आवास तथा सार्वजनिक संरचना, पुरातात्त्विक,सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्त्वपूर्ण चरण पार भइसकेको उनले बताए ।

भुकम्पका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताउँदा पाउँदा खुसी लागेको अर्थमन्त्री शर्माको भनाई थियो । उनले भने,‘पुनर्निर्माणको वृहत् कार्यसम्पादनबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्रै नभई विपद्को समयमा निर्णय लिने क्षमता, प्रविधि र कार्य सम्पादन गर्ने क्षमता समेत विकास भएको छ ।’

पुनर्निर्माणका बाँकी कामहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई र विपत् व्यवस्थापन सम्बन्धी कामहरु अगाडि बढाउने गरी विपद् व्यवस्थापन प्राधिकरण जिम्मेवारी दिइएको छ ।