१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

अ+ अ-

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताए ।

उनले १८ देखि ४० वर्षसम्मका युवालाई बढीभन्दा बढी पार्टी कमिटीमा जिम्मेवारी दिइने बताए । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा सुनिश्चित गरिएको बताइन्छ ।

अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक–एक गरी सात सदस्सीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेष गरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित हुने बताइन्छ ।

प्रदेश इन्चार्ज पाण्डेले भने, ‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रूपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्नेबारेमा अधिवेशनमा गहन छलफल गर्छौँ, अधिवेशनमा विशेष गरी विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफलमा बढी केन्द्रित हुनेछ र नयाँ नेतृत्व चयन गरिनेछ ।’

माओवादीले प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको र ८४६ प्रतिनिधि सहभागी हुने जनाएको छ । प्रदेश कमिटीका सचिव एवं प्रवक्ता देवेन्द्र पराजुलीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि पोखरा आउने क्रम सुरु भएको बताए ।

पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनीत प्रतिनिधि, आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रदेश सल्लाहकार सहभागी हुनेछन् ।

प्रदेशको अधिवेशनमा पालिकाबाट निर्वाचित ६००, मनोनीत ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिस्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ ।

एक गैर भौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशन सम्पन्न भई पालिका समिति निर्वाचित भएका छन् ।

गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, प्रतिनिधिसभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यलाई अधिवेशनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस