९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र

अ+ अ-

भक्तपुर । संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आज सात विद्यार्थी सङ्गठनले संयुक्तरूपमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष सुनिता बरालले भनिन्,’चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सिएमसी मेडिकल कलेज, किष्ट मेडिकल कलेजलगायत विभिन्न निजी मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याएर उनीहरुले लिएको बढी शुल्क तत्काल फिर्ता गर्न हामी माग गर्दछौँ ।’

आयोगले निर्धारण गरेकोभन्दा चर्को शुल्क असुलेको, फर्जी तथा उपशीर्षक खडा गरी अतिरिक्त शुल्क असुल्ने काम भइरहेको, एउटै विद्यार्थीबाट विभिन्न शीर्षकमा रु छदेखि सात लाखसम्म बढी शुल्क लिएको प्रमाण रहेको भन्दै उनले मेडिकल कलेजको गैरकानूनी शुल्क लिएको प्रमाणसहित यसअघि नै आयोगलाई कारबाही गर्न माग गर्दा आयोगले सामान्य विज्ञप्ति निकालेर झारा टारेको उनले बताइन् । उनले बढी शुल्क लिने त्यस्ता कलेजलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै लिएको बढी शुल्क फिर्ता नगरे संयुक्त विद्यार्थी सङ्गठनको जारी आन्दोलन शसक्त बनाउने बताइन् ।

विद्यार्थी सङ्गठनका अनुसार चिकित्सा शिक्षाअन्तर्गत प्रवेश परीक्षाको फाराम भर्दा लिएको चर्को शुल्क तत्काल खारेज गरी गरिब तथा विपन्न विद्यार्थीको पहुँचमा पुग्ने गरी वैज्ञानिक तरिकाबाट शुल्क निर्धारण गर्न माग गरिएको छ । साथै चिकित्सा शिक्षामा रहेको बेथिति, विसङ्गतिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्नसमेत संयुक्त विद्यार्थी सङ्गठनले माग गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष सुनिता बराल, अखिल (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष धनशुर शाही, राष्ट्रिय विद्यार्थी सङ्घका रञ्जित निष्पक्ष र राष्ट्रवादी विद्यार्थी सङ्गठनका अध्यक्ष अनुप लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिसहित विद्यार्थीहरू आयोगको कार्यालय पुगेका थिए । ज्ञापनपत्र बुझ्दै आयोगका उपाध्यक्ष गिरीले कारबाही प्रक्रिया आयोगको हातमा नरहेको भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुगमन, छानबिन र कारबाही गर्न पत्रचार गरे आयोगले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस