१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ट्राफिक सप्ताह शुभारम्भ

अ+ अ-

झापा । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात वर्षीया बालिका रिसिका भण्डारीलाई ‘स्लो ड्राइभ लङफाइफ’ लेखिएको हेल्मेट लगाइदिएर ‘ट्राफिक सप्ताह २०७८’ शुभारम्भ गरेका हुन् ।

आजदेखि सुरु भएको अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ । त्यसअघि ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि गरिएको थियो ।

विर्तामोडको हनुमान सेन्टरबाट सुरु गरिएको प्रभातफेरि बजार परिक्रमा गर्दै सोही स्थानमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरिमा नागरिक समाज, विभिन्न सङ्घसंस्था, विद्यार्थी, सरकारी निकायका प्रमुखलगायत पाँच सयभन्दा बढी सहभागी थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निषेश चापागाईँले दुई पाङ्ग्रे सवारी साधनबाट दुर्घटना बढी भएकाले प्रतिकात्मक रुपमा ‘स्लो ड्राइभ लङफाइफ’ लेखिएको हेल्मेट बालिकालाई लगाइदिएर कार्यक्रम शुभारम्भ गरिएको बताए ।

‘सातै दिन सातै काम सडक सुरक्षा हाम्रो अभियान’ नारासहित सुरु भएको अभियानअन्तर्गत मुख्य चोकहरुमा पाँच विद्यार्थी, दुई स्काउट स्वयंसेवक र दुई ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औँल्याउनेलगायत काम गरिने उनले जानकारी दिए ।

सोही अभियानअन्तर्गत स्थानीय तह, सरोकारवाला निकाय, सङ्घ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अव्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने भएको छ ।

प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय र इटहरीस्थित एक नम्बर ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रदेशका १४ वटै जिल्लामा आज बिहान एकैसाथ कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस