२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो

अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत वर्षको तुलनामा यो वर्ष विद्युतको खपत औसत ३ सय मेगावाटको हाराहारीमा बढेको जनाएको छ ।

प्राधिकरणले उद्योग तथा घरायसीतर्फको विद्युतको माग उच्च दरले बढेको जनाएको हो । प्राधिकरणले जाडो बढेसँगै आन्तरिक खपत बढेको र विद्युत् खपत बढाउन उद्योगहरुलाई प्रोत्साहित गरेसँगै यस तर्फ पनि खपत उच्च दरले बढेको जनाएको छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन प्राधिकरणले विभिन्न कदम चाल्दै आएको जनाएको छ ।

यसका लागि विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिए जति विद्युत् उपलब्ध गराउने नीतिलिई सोहीअनुसार काम भइरहेको प्राधिकरणको भनाइ छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनर लगायत विद्युतबाट चल्ने घरायसी विद्युतीय उपकरणको प्रयोगमा भएको वृद्धि र ठुला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष काठमाडौं उपत्यकाको पिक डिमान्ड २९३ मेगावाट रहेकोमा यस वर्ष ३८२ मेगावाट पुगेको प्राधिकरणको तथ्याङ्क छ । पिक डिमान्ड ३० प्रतिशतको हाराहारीमा बढेको र यो उपलब्धिमूलक भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।